मेचीनगरमा सवारी दुर्घटना, तीन घाइते एकको अवस्था गम्भीर


१९ असार २०७६, बिहीबार १७:४१ मा प्रकाशित

काँकरभिट्टा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मेचीनगर १३ चारआली तेलीवारी सडकखण्डमा आज करीब सवा ३ बजेतिर भएको सवारी दुघर्टमा तीनजना घाइते भएका छन् ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आइरहेको मे १० प २३७५ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्नेक्रममा मे ६ प ४ नम्बरको स्कुटीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएका मध्ये स्कुटी चालक बिर्तामोड नगरपालिका—५ का ५३ वर्षीय रुपमान लावतीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनी झापाका निर्माण व्यवसायी हुन् ।

मोटरसाइकलमा सवारी मेचीनगर—७ का २० वर्षीय योगेश रिजा र मोटरसाइकलको पछाडी बसेका सोहि ठाउँका २१ वर्षीय सागर पौडेलको अवस्था सामान्य रहेको बताइएको छ । घाइते सबैको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको र सवारी साधन प्रहरी कार्यालय चारआलीको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here