सिराहा । महिला अधिकार तथा सामाजिक क्षेत्रमा क्रियाशिल मेचीमाहाकाली बुहारी संयुक्त आवाजले सिरहा शाखा विस्तार गरेको छ ।
जिल्ला संयोजक रिता महतोको अध्यक्षतामा ११ सदस्यिय समिति गठन गरेको संस्थाकी केन्द्रिय उपाध्यक्ष चन्द्रकला काफ्ले जानकारी दिनु भयो ।

प्रतिनिधि सभाका सांसद माननीय राम शंकर यादवले फुलको विरुवामा पानि हालेर कार्यक्रमको उद्घाट्न गर्नु भएको थियो ।
परिचयात्मक तथा सदस्यता प्रमाण पत्र बितरण कार्यक्रममा केन्द्रिय उपाध्यक्ष काफ्ले , मधेश प्रदेश सभा सदस्य ललिता बिद्रोही दास, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा , लहान नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतम , ईन्सेक प्रतिनिधि दुर्गा परियार ,लहान सिटी जेसिजका अध्यक्ष तथा अधिकारकर्मी राजकुमार राउतले सबै खाले शोषण र हिंसाको अन्य गर्न बुहारी संयुक्त आवाजको भुमिका अझ बड्दै जाओस भनि शुभकामना व्यक्त गरेका थिए ।

६ जना जेष्ट नागरिकहरुलाई दोसल्ला ओढाएर प्रमाण पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रमको उद्घोषण संचारकर्मी तथा जिल्ला सह सचिव रमिता नेपाल र अनुपम झाले गर्नु भएको थियो ।