मुलुकको तेस्रो उपराष्ट्रपतिको निर्वाचनका लागि मतदान सम्पन्न- आजै अन्तिम परिणाम आउने


३ चैत्र २०७९, शुक्रबार १६:५५ मा प्रकाशित

काठमाडौँ । मुलुकको तेस्रो उपराष्ट्रपतिको निर्वाचनका लागि मतदान भएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा भएको मतदानमा तीन सय ११ संघीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।

मतदान सम्पन्न भएसंगै केहिबेरमा मतगणना सुरु हुने छ भने आजै अन्तिम परिणाम आउने छ ।

नयाँ उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टी नेपालका रामसहायप्रसाद यादव, नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झा उम्मेदवार हुनुहुन्छ ।

उपराष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुन्छ । संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ कायम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here