प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट ह्याक


२ चैत्र २०७९, बिहीबार ०८:२२ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट पिएमओ नेपाल (@PM_nepal_) ह्याक भएको छ।

पिएमओ नेपालबाट विभिन्न असान्दर्भिक विषयबस्तु रि-ट्विट भएका छन्।

विभिन्न तीन फरक-फरक असान्दर्भिक ट्विट र रिट्विट प्रधानमन्त्रीको आधिकारिक अकाउन्टबाट भएपछि प्रधानमन्त्री कार्यालयको आईटी टोलीले यसबारे अध्ययन थालेको छ।

प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटरमा समस्या आएपछि प्राविधिक टोलीले अनुसन्धान थालेको र छिट्टै समस्याको समाधान हुने प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here