सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबको दोस्रो जित


१ चैत्र २०७९, बुधबार १९:२२ मा प्रकाशित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबले दोस्रो जित निकालेको छ ।

बुधबार ललितपुरस्थीत च्यासल मैदानमा टोली त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले हराउँदै एपीएफले दोस्रो जित निकालेको हो । एपीएफको जितमा मणिकुमार लामाले निर्णायक गोल गरे ।

खेलको ३७ औं मिनेटमा मणिले निर्णायक गोल गरेका हुन् । जितसँगै एपीएफले ४ खेलमा ७ अंक जोडेको छ । आर्मीको यो पहिलो हार हो । आर्मीले ४ खेलमा ५ अंक जोडेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here