संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने राष्ट्रिय जनमोर्चाको निर्णय


३० फाल्गुन २०७९, मंगलवार १०:३९ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको छ ।

फागुन २७ र २८ गते बुटवलमा बसेको जनमोर्चाको राष्ट्रिय परिषदको पहिलो बैठकले चैत १० गतेदेखि १५ गतेसम्म संघीयताविरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको हो ।

उक्त अभियान अन्तर्गत सभा, कोणसभाहरू गरिने छ । चैत्र २४ गते जनआन्दोलन दिवसको उपलक्षमा देशव्यापी रूपमा ‘गणतन्त्रको रक्षा गरौं, प्रतिगमनका विरुद्ध सङ्घर्ष गरौं’ भन्ने मूल नारा अन्तर्गत सभाका कार्यक्रमहरू गरिने छ ।

यसैगरी, चैत २८ गते काठमाडौंमा ‘नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप र राष्ट्रियताको रक्षा’ विषयक अन्तर्क्रिया कार्यक्रम गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै, बैठकले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका केन्द्रीय उपाध्यक्ष जनकराज शर्मालाई उम्मेदवार बनाउने निर्णय बैठकले गरेको छ ।

२०८० साल बैशाख र जेठ महिनामा देशव्यापी रूपमा जिल्ला सम्मेलन तथा भेला गर्ने निर्णय गरेको जनमोर्चाले असोज महिनामा देशव्यापी रूपमा एक महिने सदस्यता वितरण अभियान सञ्चालन गर्ने छ ।

परिषद्को बैठकले अध्यक्ष चित्रबहादुर केसीले प्रस्तुत गरेको तात्कालिक राजनैतिक प्रस्ताव पारित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here