झापा । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ ।
पपुवा न्यु गिनी पीएनजी ९ विकेटले पराजित भएको छ । कीर्तिपुर मैदानमासँगको खेलमा पीएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले ७ ओभर चार बलमा एक विकेट गुमाएर भेट्टायो ।
नेपालका आशिफ शेखले अर्धशतक बनाए । उनले २१ बलमा ८ चौका, तीन छक्का हान्दै ५३ रन जोडे।
यस्तै, कुशल भुर्तेलले ३३ रन बनाए । उनले १४ बलमा चार चौका र २ छक्काको मद्दतमा ३३ रन जोड । यस्तै, कुशल मल्लले १२ रन जोडे ।
पीएनजीका चाड सोपरले एक विकेट लिए । यस अघि टस हारेर व्याटिङ गरेको पीएनजीले ३२ ओभरमा सबै विकेट गुमाएर मात्र ९५ रन बनाएको थियो ।






