सन्दीपले लिए दोस्रो विकेट, नेपाललाई चौथो सफलता


२९ फाल्गुन २०७९, सोमबार ११:१२ मा प्रकाशित

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध चौथो सफलता हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले चौथो विकेट लिएका हुन् ।

सन्दीपले २० औं ओभरको पहिलो बलमा असाड भाललाई क्याच आउट गराएका हुन् ।

भालले २० रन बनाए । यसअघि सन्दीपले १४ औं ओभरको अन्तिम बलमा सेसे बाउको विकेट लिँदै नेपाललाई तेस्रो सफलता दिलाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here