दाङमा एक महिलामाथि सामूहिक बलात्कार 


२८ फाल्गुन २०७९, आईतवार १२:२८ मा प्रकाशित

काठमाडौं । दाङमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ। बलात्कार आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

२९ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१७ बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरीसहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

नीहरुले ती माहिलालाई बेलभार चोकदेखि करिब १ सय मिटर पश्चिममा रहेको खाली जग्गामा लगी बलात्कार गरेको पाइएको प्रहरीले जनाएको।

सामूहिक बलात्कार भएको उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट चौघेराबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरुमाथि बलात्कार कसुरमा अनुसन्धान अघि बढाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here