हल्दीबारी गाउँपालिकाले शुरु गर्याे सिसिटिभी क्यामेराको मोबाइल फोन एप


२२ फाल्गुन २०७९, सोमबार १८:०८ मा प्रकाशित

झापा ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद लिङद्नले सबै बिकासहरुको मूल शिक्षा रहेको बताउनुभएको छ ।

हल्दीबारी गाँउपालिकालेसामुदायिक विद्यालयमा जडान गरेको सिसिटिभी क्यामराको एप शुरुवात गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले भौतिक संरचनाको बिकास भन्दा पहिला स्वास्थ्य र शिक्षामा स्थानीयतह केन्द्रित हुनु पर्ने बताउनु भयो । उहाँले विदेश पलायन भइरहेका युवाहरुलाई नेपालमै राक्ने माध्यम शिक्षा नै भएकाले शिक्षालाई प्रविधि मैत्री बनाउनु स्वागत योग्य कदम भएको बताउनु भयो ।

मोबाइल एपको औचित्य माथि प्रकाश पार्दै हल्दीबारी गाँउपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले कसैप्रति पूर्वाग्रही भएर एप लञ्च नगरिएको बताउनु भयो ।

उहाँले सरोकारवाहरुको सहभागितामा शिक्षाको गुणस्तरीयता लाई अनुगमन गर्न सहजता मिलोस् भनेर यो एपको लञ्च गरिएको बताउनु भयो ।

हल्दीबारी गाँउपालिका भित्र रहेका १७ सामुदायिक विद्यालयमा सिसिटिभी जडान गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईले जानकारी दिनुभयो ।

चापागाईले हल्दीबारी गाँउपालिका भरीहेका सामुदायिक विद्यालयमा अध्ययन गर्ने ५ हजार ५ सय ८१ जना विद्यार्थीहरु र विद्यालयको अनुगमन आफ्नो मोबाइल फोनबाट घरैमा बसेर हेर्न सकिने बताउनु भयो ।

यस एपले विद्यालयको भौतिक संरचनाको सुरक्षामा बृद्वि, विद्यालयको अनुगमनमा सहजता तथा विद्यार्थी विद्यालयमा उपस्थित भए नभएको जानकारी समेत लिन सकिने प्रमुख प्रशासकीय अधिकृत चापागाईंले बताउनुभयो ।

हल्दीबारी गाँउपालिकाले यस किसिमको अभियान नेपालमै पहिलो भएको दाबी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here