होली पर्वलाई मध्यनजर गरी ट्राफिक जाँचमा कडाइ


२२ फाल्गुन २०७९, सोमबार १५:२३ मा प्रकाशित

झापा । होली पर्वलाई मध्यनजर गरी काठमाडौं उपत्यकाको ट्राफिक जाँचमा कडाइ गरिएको छ ।उपत्यकामा युवायुवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी हाँक्नसक्ने भएकाले ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको हो ।
होलीका अवसरमा सोमबार काठमाडौँका विभिन्न ६८ ठाउँमा ‘चेक पोइन्ट’ राखिएको थियो भने १९ ठाउँमा मोबाइल भ्यानले नियमित गस्ती गरेको थियो ।

होली पर्वलाई दुर्घटनारहित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले उपत्यकाका सबै नाकासहित विभिन्न ठाउँमा सुरक्षा जाँच उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लङ्घन गरी तीव्र गतिमा सवारी हाँक्नेलाई कारबाही गरिएको गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here