नेपालको १ सय ५० रन पूरा


२२ फाल्गुन २०७९, सोमबार १४:३८ मा प्रकाशित


झापा । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँगको खेलमा नेपालले १ सय ५० रन पूरा गरेको छ ।

नेपालले ३८ ओभर १ बलमा १ सय ५० रन पूरा गरेको हो । नेपालले ६८ रन बनाउँदा ५ विकेट गुमाएको अवस्थामा भीम सार्की र सन्दीप लामिछानेले छैटौँ रनको साझेदारी गरेका थिए । नेपालले १ सय २४ रन बनाउँदा ६ विकेट गुमाएको अवस्थामा सन्दीप २७ रन बनाएर आउट भए ।

अहिले क्रिजमा भीम र आरिफ शेख छन् । हालसम्म नेपालले ४० ‌ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here