राष्ट्रपतिका उम्मेदवार पौडेल र झलनाथ खनालबीच भेटवार्ता, राष्ट्रपति चुनावका विषयमा छलफल


२२ फाल्गुन २०७९, सोमबार ०९:५६ मा प्रकाशित

काठमाडौँ ।  नेपाली कांग्रेसका वरिष्ठ नेतासमेत रहेका राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग भेटवार्ता गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनाललाई भेट्न पौडेल उनकै निवास डल्लु पुगेका थिए ।

उनीहरूबीच भेटवार्ताका क्रममा राष्ट्रपति निर्वाचन, समसामयिक राजनीति लगायत विषयमा कुराकानी भएको पौडेलको सचिवालयले जानकारी दिएको छ । ९ दलको समर्थनमा गत फागुन १३ गते पौडेल राष्ट्रपति उम्मेदवार बनेका थिए ।

यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ । ९ दलबाट पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङ राष्ट्रपति पदका लागि उम्मेदवार छन् । दुवै उम्मेदवारले भेटवार्ता र अन्तर्क्रियालाई केही दिनदेखि तीव्रता दिइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here