झापामा १३ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


१२ फाल्गुन २०७९, शुक्रबार १८:५२ मा प्रकाशित

झापाको कनकाई नगरपालिकामा जिल्ला स्तरीय १३ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ ।

झापा जिल्ला खेलकुद विकास समितिको आयोजना र कनकाई नगर खेलकुद विकास समितिको समन्वयमा कनकाई नगरपालिकाका विभिन्न विद्यालय तथा खेल मैदानमा जारी प्रतियोगिताको उदघाटन प्रमुख अतिथि झापा क्षेत्र नम्बर ४ का सांसद एलपीसाँबा लिम्बु र कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले गर्नुभयो ।

प्रतियोगिताको उदघाटन समारोह कनकाई माविमा भएको थियो ।

झापाका विभिन्न १५ पालिकाबाट छनौट भएका बिद्यालय स्तरका १८ बर्ष मुनिका बिद्यार्थीहरुको प्रतिस्पर्धामा सहभागि भएका छन ।

प्रतियोगीतामा भलिबल , कबड्डी , एथलेटिक्स र मार्शल आटर्स गरि ४ समुहका १८ वटा फरक फरक प्रतिस्पर्धाबाट छनौट भएका प्रत्यक पालिकाका ९२ खेलाडिको प्रतियोगितामा सहभागिता रहने र जम्मा १३ सय ८० खेलाडिहरुले प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रसान्त भण्डारीले बताउँनुभयो ।

जिल्ला स्तरिय प्रतियोगितामा प्रथम हुने खेलाडी तथा टिम इभेन्टमा प्रथम हुने टिम प्रदेश स्तरीय प्रतियोगितामा सहभागी गराईने र प्रदेश बाट प्रथम हुने खेलाडीलाई यहि चैत्रमा आयोजना हुने राष्ट्रपति रनिङ्ग शिल्ड राष्ट्रिय प्रतियोगितामा सहभागी गराईने जानकारी गराइएको छ ।

उदघाटन कार्यक्रममा जिल्ला खेलकुद महासंघका जिल्ला अध्यक्ष प्रसान्त भण्डारीले स्वागत सहित प्रतियोगिता संचालनको औचित्यमाथी प्रकाश पार्नुभएको थियो ।

कनकाई नगर खेलकुद महासंघका अध्यक्ष जविन तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रमको संचालन कनकाई नगर खेलकुद महासंघकी सदस्य यदुका उप्रेतीको गर्नुभएको थियो । कार्यक्रममा हल्दिवारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेन, जिल्ला प्रहरी कार्यालय झापामा प्रमुख शिवराम पोखरेल लगायातको आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here