राष्ट्रपति चयनमा पुरानो गठबन्धनले साझा उम्मेदवार तय गर्ने निर्णय


१२ फाल्गुन २०७९, शुक्रबार १३:४८ मा प्रकाशित

झापा । राष्ट्रपति चयनमा कांग्रेस नेतृत्वको पुरानो गठबन्धनले साझा उम्मेदवार तय गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका नेताहरुबीच भएको बैठकले पार्टी भित्र छलफल गरेर साझा उम्मेदवार तय गर्ने निर्णय गरेको कांग्रेस महामन्त्री गगन कुमार थापाले जानकारी दिनुभयो ।

राष्ट्रपतिको उम्मेदवारका बिषयमा दलहरुको आफ्नै प्रस्ताव आइरहेको र प्रस्तावका बारेमा छलफल गरेर आवश्यक निर्णयमा पुग्ने उहाले बताउनुभयो । उहाले राष्ट्रपतिका बिषयमा आफुहरु एकै ठाँउमा उभिने दावी गर्नुभयो ।

आन्तरिक छलफल गरेर दलहरू फेरि बैठक बस्ने र राष्ट्रपति उम्मेदवारको टुङ्गो लगाउने नेताहरुले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here