गृह मन्त्रालयको सहीछाप कीर्ते गर्ने दम्पत्ति सिंहदरबार छेउबाट पक्राउ


१७ असार २०७६, मंगलवार १६:५४ मा प्रकाशित

काठमाडौँ । सरकारी छाप र दस्तखत कीर्तेमा संलग्न रहेको आरोपमा प्रहरीले सिंहदरबारको दक्षिण गेट नजिकबाट एक दम्पत्तिलाई पक्राउ गरेको छ ।

काभ्रे धुलिखेल बस्ने बारा निजगढ घर भएकी ३३ वर्षीया लक्ष्मी अधिकारी र उनका श्रीमान् ३८ वर्षीय राजन कुमार थापालाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो । सरकारी छाप र दस्तखत कीर्ते गर्ने व्यक्ति रहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरू सरकारी छाप र दस्तखत कीर्ते गरेको कागजातसहित फेला परेको प्रहरीको भनाइ छ ।

गृह मन्त्रालयको नक्कली लेटर प्याडमा गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीद्वारा हस्ताक्षेरित लक्ष्मी अधिकारीको बुवाको मृत्यु नेपाल सरकारको कारणले भएकोले क्षतिपूर्ति स्वरुप ९५ करोड दिने निर्णय भएको र थप ८ करोड ७६ लाख गरी जम्मा १ अर्ब ८ करोड ७६ लाख दिने उल्लेख गरिएको कीर्ते कागज, १३ थान बैंकको चेक, विभिन्न व्यक्तिको राहदानी तथा नगद ४२ हजार २ सय १० रुपैयाँ उनीहरूको साथबाट बरामद भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here