काठमाडौं । रोजगारीका लागि युरोप लाने भनेर ग्रीन फिल्डस् कन्सल्टेन्सी र ग्रीन फिल्ड एजुकेशन कन्सल्टेन्सीले २५० जना बन्दा बढी व्यक्तिलाई ठगेको छ ।
चावाहिल र बलाजुमा रहेको यी दुई कन्सल्टेन्सीका सञ्चालकहरुले माल्टा लैजाने भन्दै करिब ४ करोड रुपैयाँ उठाएर फरार भएको पीडितहरुको भनाइ छ । दुवै कन्सल्टेनसीका सञ्चालक एकै जना आरपी गुरुङ हुन् । उनी अहिले सम्पर्क विहीन छन् । पीडितहरु भने आफ्नो पैसा उठाउन प्रहरी र बैदेशिक रोजगारी विभाग धाइरहेका छन् । कन्सलटेन्सीका सञ्चालक गुरुङले फेसबुक मार्फत माल्टामा राम्रो काम भएको भनि प्रचार गरेका थिए । रोजगारीका लागि भौतारिरहेका युवाहरुले फेसबुक मार्फतनै गुरुङको कन्सल्टेन्सीको सम्पर्कमा पुगे । विदेश जान चर्को ब्याजमा ऋण लिएको पैसा त्यहाँ बुझाए ।
अहिले पीडितहरु दिनहुँ कन्सल्टेन्सी धाइरहेका छन् । उनीहरुको पासपोर्ट पनि कन्सल्टेन्सीमा छ, तर कन्सल्टेन्सी सञ्चालक भने सम्पर्क विहीन छन् । अहिले यो मुद्धा अपराध महाशाखामा छ ।





