पूर्व मन्त्रीद्धारा बृक्षारोपण अभियानको सुभारम्भ


१७ असार २०७६, मंगलवार १४:२७ मा प्रकाशित

इलाम । इलाममा मंगलबार बृक्षारोपण अभियानको सुभारम्भ गरिएको छ । अभियानको पूर्व परराष्ट्र मन्त्री तथा नेकपाका नेता महेन्द्रबहादुर पाण्डेले विरुवा रोपेर सुभारम्भ गरेका हुन् ।

एकिकरण पछिको अनेरास्ववियु इलाम र अखिल क्रान्तिकारी जिल्ला कमिटी इलामले सम्युक्त रुपमा अभियानको उद्घाटन गरेका हुन् । अभियान अन्तर्गत जिल्ला भरी नै बृक्षा रोपण गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामको प्राङ्गडमा भएको बृक्षारोपण पछिको कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व मन्त्री पाण्डेले बृक्षारोपणसँगै बिचार रोपण समेत हुनुपर्ने धारणा राखे । बृक्षारोपण गरेर स्याहार र सम्हार नगरे बृक्ष बढ्न नसक्ने भन्दै उनले बृक्षलाई हुर्काउन पनि उत्तिकै लाग्नुपर्ने वताए । उनले पाठ्यपुस्तकको ज्ञानसँगै ब्यवहारिक ज्ञानलाई पनि उत्तिकै अगाडी लैजान सक्नुपर्ने बताए । जलबायु परिवर्तन र वातावरण सन्तुलन राख्न बोटविरुवाले पुर्याएको योगदान र यसको महत्वको विषयमा आम जनतालाइ जानकारी गराउनुपर्ने उनले बताए ।

मदन भण्डारीको स्मृति दिवश र राष्ट्रिय बृक्षारोपण दिवशको अवसर पारेर सुभारम्भ गरिएको कार्यक्रमले अनेरास्वबियु केन्द्रिय कमिटीले सञ्चालन गरेको ग्रीन नेपाल क्लीन नेपाल अभियानलाई समेत सघाउ पुर्याउने अनेरास्विबयु इलामका कार्यबाहक अध्यक्ष प्रवेश पराजुलीले जानकारी दिए ।

अभियान अन्तर्गत पहिलो दिन करिब एक सय पचास वटा विरुवा रोपिएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष बिपिन पोख्रेलले बताए । उनले अब जिल्लाभर खाली रहेका जमिनमा बृक्षारोपण गर्ने र बृक्षारोपण गराउन जनचेतना सहितको कार्यक्रम अगाडी बढाउने बताए । कार्यक्रममा जिल्ला समन्वय समिति इलामका सभापती गणेश बराल, अनेरास्वबियुका पूर्व केन्द्रय सदस्य प्रकाश अधिकारी, नवराज शंकर, रविन्द्र सुवेदी सहित नेकपाका नेता, महेन्द्ररत्न बहुमुखी क्याम्पस प्रमुख रामप्रसाद गुरगाइँ लगायत प्राध्यापक, विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here