मोरङमा ट्रयाक्टरबाट लडेर सहचालको मृत्यु


४ फाल्गुन २०७९, बिहीबार ११:४६ मा प्रकाशित


झापा । मोरङको लेटाङ नगरपालिका-३ भित्री सडक खण्डमा ट्रयाक्टरबाट लडेर सहचालकको मृत्यु भएको छ ।

बुधवार दिउँसो ३ बजे को.२ त ३०९९ नम्बरको ट्रयाक्टरबाट अचानक लडी घाईते भएका ट्रयाक्टरका सह-चालक सोही स्थानका मिलन राईलाई उपचारको लागि कोशी अस्पताल बिराटनगर लगिएकोमा अस्पतालमा पुर्‍याउना साथ डाक्टरले मृत घोषणा गरेको हो ।

घटनामा संलग्न ट्रयाक्टर र चालक लेटाङ(३ का अमन थारुलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here