ग्याँस सिलिण्डर विस्फोटमा परेकी सांसद चन्द्र भण्डारीकी आमाको निधन


४ फाल्गुन २०७९, बिहीबार ११:४४ मा प्रकाशित

झापा । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।

कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आमा हरिकलाको बिहान १० बजेर ५७ मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले बताएको छ । आमासँगै घाइते हुनुभएका नेता भण्डारीको भने उपचार भइरहेको छ ।

कीर्तिपुर क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीको अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here