हडिया खोलामा डुबेर १ जनाको मृत्यु


४ फाल्गुन २०७९, बिहीबार १२:१५ मा प्रकाशित
सांकेतिक तस्वीर

झापा । झापाको मेचिनगर नगरपालिका-११ स्थित हडिया खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।

बुधवार दिउँसो ३ बजे मेचिनगर-११ सृजना टोलका ४३ बर्षीय लाल बहादुर श्रेष्ठ खोलामा डुबि मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षकको टोली खटिएको थियो ।

मृत शरिर पोष्टमार्टमको लागि प्रादेशीक अस्पताल भद्रपुर पठाईएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here