बिराटनगर । विगत एक दशकदेखि बिराटनगरमा चार्टर्ड एकाउन्टेन्सी संचालन गर्दै आएको प्रदेश नं १ को पहिलो र एकमात्र संस्था मेरील्याण्ड करियर एकेडेमीमा अध्ययनरत छात्रा सालु अग्रवाल हालै प्रकाशित नतिजामा बोर्ड प्रथम सिएको उपाधि हासिल गर्न सफल भएकी छन् ।
मोफसलमा रहेर पनि देशैभरका विद्यार्थीहरुको चार्टर्ड एकाउन्टेन्सी सिए शिक्षामा पहिलो रोजाइको रुपमा रहेको मेरील्याण्ड करिएर एकेडेमीले संस्थाको बिगतको अग्रतालाई कायम राख्दै डिसेम्वर २०२२ मा संचालित सिए कोर्षको परिक्षाको नतिजामा अग्रवालले पुनः गोल्ड मेडल चुम्न सफल भएकी हुन् ।
विगतको परिक्षाफललाई हेर्दा उक्त एकेडेमीमा अध्ययन गर्ने विद्यार्थीहरु सिए यूवराज उप्रेती क्याप टु र क्याप थ्रि तहमा बोर्ड दोश्रो, प्रनशा श्रेष्ठ क्याप टु तहमा बोर्ड प्रथम, अंकित राय क्याप वान तहमा बोर्ड दोस्रो र अन्य धेरै विद्यार्थीहरु आइक्यान बोर्डको नतिजामा टप टेन भित्र पर्न सफल भएका छन् ।
संस्थाका कार्यक्रम निर्देशक सिए किन्जल पोखरेलले यसपटकको परीक्षामा तिनै तहमा कूल ४६ जनाले सिएको बिभिन्न तहको परीक्षा उत्तीर्ण गरेको जनाइएको छ ।
एकेडेमीका अध्यक्ष डा. मोहनकुमार सुवेदीले मेरील्याण्ड करिएर एकेडेमीलाई देशकै एउटा नमूना सिए एकेडेमीको रुपमा संचालन गर्दै दक्ष चार्टर्ड एकाउण्टेन्टहरु उत्पादन गरि राज्यलाई टेवा पुर्याउँदै जाने बताउनुभयो