अग्रगमनको पक्षमा उभिनेहरु एकताबद्ध हौं : माधव नेपाल


३ फाल्गुन २०७९, बुधबार १०:४० मा प्रकाशित

पोखरा । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मेची नदी किनारबाट प्रतिगमनको यात्रा सुरु हुने संकेत मिलेको बताउनु भएको छ ।

त्यसप्रति सतर्क रहँदै प्रतिगमन र अग्रगमनको पक्षमा कित्ता क्लियर गर्न उहाँले आह्वान समेत गर्नु भयो ।

कास्कीमा आज बिहान आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री नेपालले प्रतिगमनको दिशातर्फको यात्रा हुन लागेको संकेत मेची नदीको किनारबाट हामी सबैले पाइसकेको बताउनु भयो ।

उहाँले अग्रगमनको पक्षमा उभिनेहरु एकताबद्ध हौं हुनु पर्नेमा जोड दिनु भयो ।

राजतन्त्र फर्काउने उद्घोष सहित पूर्वराजा ज्ञानेन्द्र शाहको सहभागीतामा झापाको मेची नदी किनारमा गरिएको कार्यक्रमप्रति संकेत गर्दै नेपालले यस्तो धारणा राख्नु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here