बयानका लागि निलम्बित सांसद चौधरी अदालतमा


३ फाल्गुन २०७९, बुधबार १३:४६ मा प्रकाशित

धनगडी, । नागरिक उन्मुक्ति पार्टीका निलम्बित सांसद अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ ।

गत १९ माघमा बाँकेबाट पक्राउ परेका उनलाई बन्दी प्रत्यक्षीकरणको मुद्दामा जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

गत २२ माघमा परेको उत्प्रेषण परमादेश र २७ माघमा दर्ता बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै २९ मा उच्च अदालतका न्यायाधीश देशबहादुर सार्कीको इजलासले बन्दी प्रत्यक्षीकरण रिटमा ३ फागुनमा अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत कैलालीमा उपस्थित हुन आदेश जारी गरेको थियो ।

सोही आदेशअनुसार बुधबार उनलाई अदालतमा उपस्थित गराइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here