अनेरास्ववियुको आगामी कार्यकालका लागि मतदानको प्रक्रिया शुरु हँदै, को – को छन् आकांक्षी ?


३ फाल्गुन २०७९, बुधबार ०७:५७ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २३ औं महाधिवेशनमा आजदेखि नेतृत्वका लागि मतदान प्रक्रिया शुरु हुने भएको छ ।

अध्यक्ष पदका लागि ४ जना विद्यार्थी नेताले अध्यक्षमा दाबी गरेका छन् । महासचिवमा ६ र सचिवमा २० जनाको दाबी छ ।

४ उपाध्यक्षमा १५ जना आकांक्षी छन् । देशभरका क्याम्पस तथा भूगोल कमिटीबाट छानिएर आएका १ हजार ५ सय ८८ प्रतिनिधिले १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन् ।

अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, लोकेश निरौला र मोती विकको दाबी छ । लामिछाने वरिष्ठ उपाध्यक्ष तथा निरौला र विक उपाध्यक्ष हुन् भने बडाल महासचिव हुन् ।

मुख्य प्रतिस्पर्धा लामिछाने र बडालबीच हुने देखिएको छ ।

उपाध्यक्षमा टपेन्द्र शाही, जेनिश लामा, मर्यादा विष्ट, एलबी सिंह, डम्बर अधिकारी, रामशरण चौधरीको दाबी छ ।

त्यसैगरी, महासचिवमा नारायण घर्ती, नरेश रोकाया, सुदर्शन सिवाकोटी, धर्म गिरी, गोविन्द गिरी र भाष्कर खनालको दाबी रहेको छ ।

३ महिला, १ समावेशी र ६ खुला सचिव गरी १० सचिव छनोट हुनेछन् । महाधिवेशनले ४९ सदस्यीय स्थायी कमिटी गठन गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here