विराटनगरबाट भारतीय कारसहित ६० केजी अवैध चाँदी बरामद


१७ असार २०७६, मंगलवार १३:१९ मा प्रकाशित

विराटनगर । प्रहरीले मंगलबार विराटनगरबाट ५९.९५ केजी अवैध चाँदीसहित भारतीय कार नियन्त्रणमा लिएको छ ।

भारतीय सीमावर्ती बजार जोगवनीतर्फ जाँदै गरेको बीआर ११ एके १७९१ नम्बरको कारलाई प्रहरीले विराटनगर महानगरपालिका–९, रोडशेष चोकबाट चालकसहित नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी घनश्याम श्रेष्ठले चाँदीसहित भारतीय नागरिक पक्राउ परेको जानकारी दिए । पक्राउ परेको चालकको परिचय गोप्य राखेको प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here