दुर्गा प्रसाईंको महाअभियान पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा उद्घाटन


१ फाल्गुन २०७९, सोमबार १६:०४ मा प्रकाशित

झापा । पूर्वराजा ज्ञानेन्द्र शाहले व्यवसायी दुर्गा प्रसाईंद्वारा सञ्चालित ‘नागरिक बचाउ महाअभियान’को दीप प्रज्ज्वलन गरि उद्घाटन गर्नुभएको छ ।

बीएन्डसी हस्पिटलका सञ्चालक एवम् व्यवसायी दुर्गा प्रसाईंले सोमबार आयोजना गर्नुभएको कार्यक्रममा पूर्वराजा शाह परिवारसहित उपस्थिति हुनुभएको हो

पूर्वराजा शाहले शान्तिका प्रतिक सेता परेवाको जोडीसमेत उडाउनु भयो ।

उद्घाटनमा केहीबेर बसेर पूर्व राजा शाहसहित उहाँको परिवार कार्यक्रमस्थलबाट बाहिरिएको थियो ।

पूर्वराजा शाहले कार्यक्रममा उपस्थित सर्वसाधारणलाई हात हल्लाएर अभिवादन फर्काए पनि सम्बोधन भने गर्नुभएन ।

पूर्वराजा शाह कार्यक्रमस्थलबाट हिँड्ने बित्तिकै महाअभियानका संयोजक दुर्गा प्रसाईले उद्घाटन समारोहलाई सम्बोधन गर्नुभयो ।

सम्बोधनका क्रममा प्रसाईं बैंक तथा वित्तीय संस्थामाथि खनिनु भयो ।

उहाँले भन्नुभयो, ‘बैंक तथा वित्तीय संस्थाका कोही आए भने कोलो मोसो दलेर पठाइदिनु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here