होटल हिकोला हेरिटेज काँकरभिट्टाले तेस्रो वर्ष पूरा गरेको अवसरमा विभिन्न सांगीतिक कार्यक्रम आयोजना गर्ने


२२ माघ २०७९, आईतवार ०८:४७ मा प्रकाशित

झापा । झापाको सीमान्त सहर काँकडभिट्टामा स्थापना भएको होटल हिकोला हेरिटेजले तेस्रो वर्ष पूरा गरेको अवसरमा विभिन्न सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

होटल व्यवस्थापनले शनिवार काँकडभिट्टामा पत्रकार सम्मलेन गरि माघ २६ देखि २८ सम्म विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको हो ।

होटल हिकोला हेरिटेजका प्रवन्ध निर्देशक देवीभक्त श्रेष्ठले तीन दिनसम्म होटलको वार्षिकोत्सव मनाइने बताउनुभयो । २०७६ साल माघ २६ गते प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले होटल हिकोला हेरिटेजको उद्घाटन गर्नुभएको थियो ।

होटल स्थापनाको दिन नेपाल भित्रिने पर्यटकलाई सीमा नाकामा पुगेर हार्दिकतापूर्वक स्वागत गर्ने कार्यक्रम राखिएको होटलका प्रवन्धक गौरव श्रेष्ठले बताउनुभयो । कार्यक्रममा जातीय संस्कृति झल्किने सांस्कृतिक नृत्य पनि समावेश गरिएको छ ।

साहित्य, संगीत र कलाको संगम साहित्य चौतारीका कलाकर्मीले पनि आफ्नो प्रस्तुति राख्ने मासिक सांगीतिक काव्यसभाकी संयोजन सुनिता तामाङले बताउनुभयो । पत्रकार सम्मेलनको सहजीकरण गर्नुभएकी तामाङले युवा वर्गको सहभागितामा पर्यटन प्रर्वद्धनका लागि रचनात्मक कार्यक्रम पनि सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here