प्रेस चौतारी झापाका प्रथम अध्यक्ष पाठकलगायत अग्रज पत्रकार सम्मानित


२१ माघ २०७९, शनिबार १७:१८ मा प्रकाशित

झापा । प्रेस चौतारी झापाले संगठनका झापा प्रथम अध्यक्ष नेत्र पाठक र पाँच जना अग्रज पत्रकारहरुलाई सम्मान गरेको छ ।

झापाको बिर्तामोडमा आयोजित २५ औं स्थापना दिवसको समारोहमा प्रदेश १ का मुख्यमन्त्री कार्कीले सबै अग्रज पत्रकारहरुलाई दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै सम्मान गर्नुभएको थियो ।

सम्मानित अग्रज पत्रकारहरुमा नकुल काजी, गोविन्दचन्द क्षेत्री, केशव आचार्य, माधव विद्रोही र माया पकुवाल रहनु भएको छ । 

पाठक प्रेस चौतारी झापाका प्रथम अध्यक्ष हुनुहुन्छ । काजी, क्षेत्री र आचार्य झापाको पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान पुर्याएका अग्रज हुनुहुन्छ । पकुवाललाई मरणोप्रान्त सम्मान प्रदान गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here