पटक-पटक स्थगित हुँदै आएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै


२१ माघ २०७९, शनिबार ०६:३४ मा प्रकाशित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ ।

पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक दिउँसो  १ बजे बस्ने पार्टी कोषाध्यक्ष श्रीराम ढकालले बताउनु भयो । 

पार्टीको बैठक यसअघि पटक पटक सर्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताले बैठक सार्नु परेको ढकालले बताउनुभयो । 

गत बिहीबार स्थायी समिति बैठक बस्न नपाउँदै सकिएको थियो भने हिजो अन्तिम समयमा आएर स्थगित भएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने सङ्केत दिएपछि परिस्थिति जटिल भएको भन्दै प्रचण्डले बिहीबार बैठक  बस्न नपाउँदै स्थगित गर्नु भएको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here