राष्ट्रिय ट्रमा सेन्टरका पूर्व निर्देशक डा. पौडेलविरुद्ध अनियमितता गरेको आरोपमा अख्तियारमा उजुरी


१५ माघ २०७९, आईतवार ११:२२ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरका पूर्व निर्देशक डा. सन्तोष पौडेलविरुद्ध अनियमितता गरेको आरोपमा उजुरी परेको छ ।

पूर्व निर्देशक डा.पौडेलले एमएस अर्थोपेडिक अध्ययन गर्ने क्रममा तत्कालिन उपकुलपतिसँग मिलेर सेवा अवधि नपुगिकनै अध्ययन गरेको र ट्रमा सेन्टरको निर्देशक रहँदा कर्मचारी नियुक्तिमा आर्थिक लेनदेन गरी नियुक्ति गरेको, सि आर्म खरिद, डेक्सा मेसिन, एचडी माइक्रोस्कोप, एम्बुलेन्स तथा क्यान्टिन टेण्डर गर्दा करोडौँ रुपियाँ अनियमितता गरेको भन्दै २०७७ /११/०२ मा प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा समेत उजुरी परेको थियो ।

उजुरीपछि २०७७/११/१३ मा स्वास्थ्य मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासकको संयोजकत्वमा चार सदस्यीय छानविन समिति पनि गठन गरेको थियो ।

सो समितिले उल्लेखित विषयहरुमा अनियमितता देखिएको भन्दै माथिल्लो निकायबाट छानविन हुनुपर्ने राय दिएको थियो । सो पत्र अख्तियारमा समेत पठाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here