भूतपूर्व विद्यार्थीहरुको सहयोग दुर्गा माविका विद्यार्थीहरुलाई


१३ माघ २०७९, शुक्रबार १८:०८ मा प्रकाशित

बिर्तामोड । भूतपूर्व विद्यार्थीहरुको लगानी तथा संयोजनमा झापाको बिर्तामोड नगरपालिका वार्ड नं. ९ मा रहेको दुर्गा माविका विद्यार्थीहरुलाई साइकल बितरण गरिएको छ ।

विद्यालयमा उपस्थिति निरन्तर गराउन टाढाबाट आउने मेहेनती र जेहेन्दार ११ जना विद्यार्थीलाई एक÷एक थान साइकल बितरण गरिएको हो ।

सोही विद्यालयका पूर्व विद्यार्थी बिनोद उप्रेतीको संयोजनमा ५ जना दाताबाट संकलित रकमबाट ११ वटा साइकल बितरण गरिएको उप्रेतीले बताउनुभयो ।

साइकल पाउनेहरुमा कक्षा ९ मा अध्ययनरत अस्मिता सार्की, कक्षा ६ मा अध्ययनरत दुर्गा बास्की, कक्षा ७ मा अध्ययनरत संगीता बिक, कक्षा ८ मा अध्ययनरत आकाश राजबंशी र रेजीना राजबंशी, कक्षा ११ मा अध्ययनरत प्रियंका राजबंशी, साबित्रा भण्डारी र मनिशा भट्टराई, कक्षा १२ मा अध्ययनरत साइवा खातुन तथा कक्षा १० मा अध्ययनरत संगीता सिन्चुरी र प्रज्वल भण्डारी रहनुभएको छ ।

साइकल बितरण कार्यक्रममा बोल्दै उप्रेतीले विद्यालय समयमा आफूले भोगेको पीडा सम्झिएर यो पुस्ताका नानीबाबुहरुलाई सहज बनाउन पनि यो कार्यक्रम गरेको बतानुभयो ।

कार्यक्रममा पूर्व विद्यार्थी उप्रेतीले व्यक्तिगत रुपमा ६ थान, सरोज न्यौपानेले २ थान, ब्राइट फ्युचर पूर्व प्राविको तर्फबाट अच्युत सुबेदीले १ थान, सुवास घिमिरेले १ थान र समाजसेवी कृष्ण चुडालले १ थान साइकल उपलब्ध गराउनुभएको थियो ।

संकलित साइकल विद्यालय प्रशासनले छनोट गरेका विद्यार्थीलाई नै वितरण गरिएको दाता सरोज न्यौपानेले बताउनुभयो ।

कार्यक्रममा पूर्व विद्यार्थीहरुले विद्यालयको रंगरोगनका लागि अब योजना अगाडी बढाउने प्रतिवद्धता जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here