मनकामना क्याम्पसले गर्यो व्यवस्थापन र शिक्षासंकाय चौथो वर्षका विद्यार्थीहरुलाई बिदाई


१३ माघ २०७९, शुक्रबार १८:३१ मा प्रकाशित

झापाको बिर्तामोडमा रहेको मनकामना क्याम्पसले व्यवस्थापन र शिक्षासंकाय चौथो वर्षमा उत्तीर्ण विद्यार्थीहरुलाई विशेष कार्यक्रमको आयोजना गरि बिदाई गरेको छ ।

व्यवस्थापन र शिक्षासंकाय चौथो वर्षमा अध्ययन गर्ने विभिन्न विद्यार्थीहरुले भौतिक रुपमा कलेजबाट टाढा भएपनि आत्मिय संवेदनाले कलेज संग सधै नजिक रहिरहने बताएका थिए ।

विदाई कार्यक्रमलाई विद्यालयका शिक्षक भेषराज चम्लागाई ले स्वागत गर्नु भएको थियो ।

क्याम्पस प्रमुख प्रेम भट्टराइले कार्यक्रमको ब्यानर पढेर उद्धाट्न गर्नु भएको कार्यक्रमा कलेजका विद्यार्थी भरत प्रसाइ, शुसभ काफ्ले, देव बास्कोटाले कविता बाचन, शुशिल चुडालले राष्ट्रिय गीत, सुलोचना बस्नेत र मनिषा तामाङले नृत्य प्रस्तुत गर्नुु भएको थियो ।

कार्यक्रमा व्यवस्थापन र शिक्षासंकाय चौथो वर्षमा अध्ययन गर्ने सम्पुर्ण विद्याथीहरुलार्ई क्याम्पस प्रमुख प्रेम भट्टराई, सहायक क्याम्पस प्रमुख राजेन्द्र प्रसाई र क्याम्पसका शैक्षिक कोओडिनेटर कुमार थपलियाले संयुक्त रुपमा टोकन अफ लभ प्रदान गर्दै सबैको उज्जवल भविश्यको कामना गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here