बोरिङको पानीले रोपाइँ महोत्सव


१५ असार २०७६, आईतवार २१:०८ मा प्रकाशित

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१५ कञ्जुवारमा बोरिङको पानीले रोपाइँ महोत्सव गरिएको छ ।

उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले कञ्जुवारमा डिप बोरिङको पानी जम्मा गरी रोपाइँ महोत्सव गरिएको बताए । तुलसीपुर उपमहानगर कृषि शाखाका कुलराज चौधरीका अनुसार आजसम्ममा आधा रोपाइँ भइसक्नुपर्नेमा पानी नपर्दा न्यून रुपमा धान रोपाइँ गरिएको छ ।

“सिँचाइको निकै समस्या छ, डिप बोरिङ, लिफ्टिङ र स्यालो ट्युवेलमार्फत रोपाइँ गर्न थालेका छौँ”, उनले भने । अधिकांश खेतमा आकासे पानीको भरमा धान रोपाइँ हुने गरेको छ । जिल्लामा ३९ हजार हेक्टर जग्गा धान उत्पादनका लागि उपयुक्त छ ।

गत वर्ष करीब ३७ हजार हेक्टरमा मात्रै धान रोपाइँ गरिएको थियो । तीस ३० हजार हेक्टर जग्गामा आकासे पानीको भरमा धान रोपाइँ गर्ने गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here