काठमाडौं । पूर्वमन्त्री तथा माओवादी नेता वर्षमान पुन अकस्मात बिरामी पर्नु भएको छ ।
माघी पर्व मनाउन गृह जिल्ला रोल्पा पुग्नुभएका पुनको स्वास्थ्यमा समस्या भएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
अहिले पुनलाई लतितपुरस्थित सुमेरु अस्पताल भर्ना गरिएको छ । पुनलाई वंशाणुगत जन्डिसको समस्या छ । उहाँको रगतमा जन्डिसको मात्रा अत्यधिक देखिँदै आएको छ ।
चीनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार गराएर उहाँ केहीदिन पुस ५ गते मात्रै नेपाल फर्किनु भएको थियो ।