प्रधानमन्त्री प्रचण्डद्वारा सर्वदलीय बैठक आह्वान


३० पुष २०७९, शनिबार १७:२७ मा प्रकाशित

काठमाडौं । आगामी माघ ३ गते सर्वदलीय बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न सञ्चारमाध्यमहरुका सम्पादकहरुसँगको छलफलमा सभामुखको निर्वाचनअघि सर्वदलीय बैठक बोलाउन लागेको जानकारी दिनुभएको हो । उहाँले आइतबार बैठकको आह्वान गर्ने पनि बताउनुभयो ।

आगामी माघ ५ गते सभामुखको निर्वाचन हुँदैछ । सत्तारुढ दलहरुबीच सभामुख पद नेकपा एमालेले पाउने सहमति भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here