झापाका अमालो मियाँको राँगा चोरी गर्ने भारतीय नागरिक पक्राउ


३० पुष २०७९, शनिबार १४:१७ मा प्रकाशित

झापा । गोठमा बाँधी राखेको राँगा चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापा गाउँपालिका–४ का अमालो मियाँको गोठमा बाँधी राखेका २ वटा राँगा चोरेर फरार रहेका भारतीय नागरिक २२ वर्षीय महमद नाजिरलाई नेपाल भारतको दशगजा सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो ।

गएको २६ गते राति साढे ११ बजे चोरी भएको थियो ।

त्यही घटनामा संलग्न रहेका भारतीय नागरिक आजाहार महमद, इजाहुल हक र गोदा नाम गरेका तीन जना व्यक्ति फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेका महमद नाजिरलाई चोरी शीर्षकमा मुद्दा दर्ता गरी झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here