धनुषामा चिसोका कारण एक जनाको ज्यान गयो


२१ पुष २०७९, बिहीबार ११:४१ मा प्रकाशित

झापा । चिसोका कारण धनुषामा एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार धनुषाको जनक नन्दिनी गाउँपालिका वडा नं. १ का मनोज यादवको चिसोका कारण ज्यान गएको हो ।

चिसो बढ्दै गएपछि धनुषासहित तराईका जिल्लाको जनजीवन प्रभावित हुन थालेको छ ।

जाडोका कारण धेरैजसो विद्यालयमा बिदा दिइएको छ भने बजारमा चहलपहल घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here