कोटाभन्दा ६४७ कम शिक्षक सिफारिस


२१ पुष २०७९, बिहीबार ११:२० मा प्रकाशित

झापा । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि) को शिक्षक पदमा १ हजार ९५९ जना शिक्षक सिफारिस गरेको छ ।

आयोगले २ हजार ६०६ रिक्त पदमा शिक्षक माग गर्दै विज्ञापन आह्वान गरेको थियो ।

तर, आयोगले माग गरेको भन्दा ६४७ कम शिक्षक सिफारिस भएका छन् ।
विशेष गरी गणित विज्ञान, गणित, विज्ञान लगायतका विषयमा कोटाभन्दा कम शिक्षक सिफारिस भएका छन् ।

निमावि तहका लागि शिक्षक सिफारिस भएसँगै आयोगले अब प्राथमिक तह (प्रावि) को नतिजा सार्वजनिक गर्नेछ ।

सिफारिस भएका शिक्षकहरूलाई नियुक्ति पत्र लिएर आ–आफ्नो क्षेत्रमा खटाउन थालिएको छ । यसअघि मावि तहको नतिजा प्रकाशित गरेको थियो ।

मावि तहमा समेत कोटाभन्दा कम सिफारिस भएका थिए । आयोगले यो महिनाको अन्तिमतिरबाट प्रावि तहको नतिजा प्रकाशन गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here