सर्लाही । सर्लाहीमा आज्ञात समुहले प्रहार गरेको गोली लागेर एक मजदुर घाईते भएका छन् ।
जिल्लाको लालबन्दी नगरपालिका शनिबार दिउँसो गोली चलेको हो । घाईते हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरका ३० बर्षीय जयनाथ महतो रहेका छन् । मोटरसाइकलमा चडेर आएका दुईजना अपरिचित व्यक्तिहरुले गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
महतोको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनको पाखुरामा गोली प्रहार भएकाले ठुलो खतरा नभएको प्रहरीले जनाएको छ । उनलाई उपचारको लागि वीरगञ्ज पठाईएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी प्रतितसिंह राठौरले जानकारी दिए ।
गोली प्रहार गर्ने अपराधिक समुहको खोजी कार्या अघि बढाईएको पनि डिएसपी राठौरौले जनकारी दिए ।





