गुरुङ समुदायले ‘तमु ल्होसार’ धूमधामसँग मनाउँदै


१५ पुष २०७९, शुक्रबार ०८:०६ मा प्रकाशित

काठमाडौंँ । गुरुङ समुदायले पुरानो वर्ष बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार’ धूमधामसँग मनाउँदै छन् ।

हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन्। यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ ।

तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन्।

यो पर्व गुरुङ समुदायले ’तो ल्हो’ (बाघ वर्ग)को बिदाइ गर्दै ‘हि ल्हो’ (बिरालो वर्ग)को स्वागत गरेर भव्य रूपमा मनाउने गर्दछन् ।

यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् । सरकारले तमु ल्होसारको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here