ब्राजिलियन प्रसिद्ध फुटबल खेलाडी पेलेको ८२ बर्षको उमेरमा निधन


१५ पुष २०७९, शुक्रबार ०५:२० मा प्रकाशित

झापा । विश्वप्रसिद्व ब्राजिलियन फुटबल लिजेन्ड पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ।

पेले किड्नी र प्रोटेस्टको समस्यासँग पछिल्ला केहि वर्षदेखी जुधिरहेका थिए। पछिल्लो समयमा उनमा क्यानसर समेत देखिएको थियो।

पेलेको गत २०२१ को सेप्टेम्बरमा पेटबाट ट्युमरको अप्रेसन गरिएको थियो। उनी साओपाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा गत नोभेम्बर यता उपचाररत रहेका थिए।

उनकी छोरी केलि नासिमेन्तोले समर्थकलाई सामाजिक सञ्जालमार्फत आफ्नो बुवाको स्वास्थ्य अवस्था अपडेट गराउँदै आएकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here