अर्जेन्टिना र चिली कोपा अमेरिका फुटबलको सेमिफाइनलमा


१४ असार २०७६, शनिबार १५:३४ मा प्रकाशित

काठमाडौं । भेनेजुएलालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । ब्राजिलमा शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई २–० ले पाखा लगाएको हो ।

अर्जेन्टिनालाई विजयी गराउन दुबै गोल सर्जियो अगुएरोले गरेका थिए । अर्जेन्टिनाले अब फाइनल प्रवेशका लागि आयोजक ब्राजिलसँग खेल्नेछ । यसअघि, हिजो भएको पहिलो क्वाटरफाइनलमा पाराग्वेलाई टाई–ब्रेकरमा हराउँदै ब्राजिल सेमिफाइनलमा पुगेको थियो ।

यस्तै, शनिबारनै भएको अर्को खेलमा कोलम्बियालाई पाखा लगाउँदै चिली पनि प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । साविक विजेता चिलीले कोलम्बियालाई ‘टाइब्रेकर’मा ५–४ ले हराएको हो । चिलीले अब सेमिफाइनलमा उरुग्वे र पेरुबीचको विजेतासँग खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here