काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सशर्त सहभागी हुने निर्णय गरेको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन जनाएको राप्रपाले बुधबार कार्यसम्पादन समिति बैठकबाट सशर्त सरकारमा सहभागी हुने निर्णय गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
बुधबार पार्टीको केन्द्रीय कार्यालयमा बैठक ६ घन्टासम्म चलेको थियो। उहाँका अनुसार छ घन्टा लामो बैठकमा सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा चर्काचर्की नै परेको थियो।