पूजापाठ गरेर प्रधानमन्त्री प्रचण्ड सरकारी निवास बालुवाटारमा


१३ पुष २०७९, बुधबार १९:२८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटारमा सर्नुभएको छ ।

बुधबार साँझ प्रचण्ड खुमलटारबाट बालुवाटार सर्नुभएको हो । बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई कर्मचारी, सुरक्षाकर्मी लगाएतले स्वागत गरेका थिए भने प्रधानमन्त्रीको सम्मानमा सलामी अर्पण गरिएको थियो ।

त्यसलगतै पूजापाठपछि उहाँ मुख्य भवनमा प्रवेश गर्नुभएको थियो । निवासको चाबी प्रधानमन्त्री पुत्री गंगा दाहालले जिम्मा लिनुभयो ।

प्रचण्डलाई आइतबार मुलुकको ४४ औ प्रधानमन्त्रीका रुपमा नियुक्त गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here