काठमाडाैँ । जनता समाजवादी पार्टी(जसपा) तत्काल सरकारमा नजाने भएकाे छ।
प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गरेको जसपाले बैठक बसेपछि यसबारेमा निष्कर्ष निकाल्ने जनाएकाे छ।
जसका लागि पुस १८ र १९ गते जसपाले बैठक बाेलाएकाे छ। उक्त बैठकले सरकारमा जाने नजानेबारे छलफल गर्नेछ।
आइतबार जसपासहित सात दलले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका थिए। प्रधानमन्त्री प्रचण्डले ८ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको छ।