मन्त्रीको नाम टुङ्गो लगाउन एमालेको छलफल चल्दै


११ पुष २०७९, सोमबार ११:१७ मा प्रकाशित

झापा । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्नेहरुको नाम टुङ्गो लगाउन एमालेले छलफल थालेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेताहरुबीच छलफल भइरहेको छ । एमालेले विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने तयारी गरे पनि निर्णय हुन बाँकी छ ।

माओवादीले नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ, तर मन्त्रालयको टुङ्गो लागेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here