माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक, आजै मन्त्रिमण्डल गठन हुने संभावना


११ पुष २०७९, सोमबार ०७:४६ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्रीमा अध्यक्ष प्रचण्ड नियुक्त भएसँगै नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ ।

माओवादी केन्द्रले सोमबार बिहान ८ बजे पार्टी पदाधिकारी बैठक बोलाएको हो ।

माओवादीले प्रधानमन्त्रीसहित ६ वटा मन्त्रालय पाउने सहमति भएको बताइएको छ । 

त्यसैगरी ११ बजे सत्ता गठबन्धनको बैठक बोलाइएको छ । गठबन्धनको बैठक संसद् भवन नयाँ बानेश्वरमा तय भएको छ । 

गठबन्धनको बैठकपछि सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here