प्रदेश १ का मुख्यमन्त्री असार १६ गते अमेरिका जाने


१४ असार २०७६, शनिबार ०६:२० मा प्रकाशित

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई तीन दिने भमणका लागि अमेरिका प्रस्थान गर्ने भएका छन् ।

मुख्यमन्त्री राई बाल्टिमोरमा जुलाई ५, ६ र ७ (असार २०, २१ र २२ गते) मा हुने नेप्लिज एसोसिएसन इन अमेरिकाको नेशनल कन्फरेन्समा सहभागी हुन अमेरिका प्रस्तान गर्न लागेका हुन् ।

आगामी असार १६ गते अमेरिकातर्फ गई मुख्यमन्त्री राई २५ गते फर्कने कार्यक्रम रहेको छ । प्रदेश सरकारको शुक्रबार बसेको बैठकले मुख्यमन्त्री राईको भ्रमण स्वीकृत गरेको छ ।

त्यसैगरी मन्त्रिपरिषद्ले मुख्यमन्त्रीको नेतृत्वमा समिटर्स समिट गर्न औपचारिक प्रक्रिया अघि बढाइने निर्णयसमत गरेको छ।

मन्त्रिपरिषदको बैठकले प्रदेश सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक २०७६, प्रदेश स्वायत्त संघसंस्था विधेयक २०७६, जाँचबुझ तथा अनुसन्धान आयोग विधेयक २०७६ र प्रदेश लोकसेवा आयोगकको विधेयक २०७६ लाई प्रदेशसभामा पेश गर्न स्वीकृति दिएको छ ।

त्यसैगरी कटहरी फलफूल तथा तरकारी बजार सञ्चालन गर्ने नियमावली २०७६ लाई स्वीकृति दिने,पाँचथरको मिक्लाजुङ घटनामा बचेकी सीता खजुमको उपचारमा लाग्ने सबै खर्च ६९ हजार ३ सय १४ रुपैयाँ तिरिदिने र सगरमाथा टिन्स क्लब (एचटीसी) कोष सञ्चालन गर्न आवश्यक पर्ने कार्यविधि २०७६ पनि स्वीकृत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here