कांग्रेसमा रामचन्द्र पौडेल पनि प्रधानमन्त्रीको दाबेदार


१५ मंसिर २०७९, बिहीबार १०:५६ मा प्रकाशित

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी प्रस्तुत गर्नुभएको छ ।

प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वाभाविक रहेको उहाँले बताउनुभयो । 

नेपाल प्रेस युनियन चितवनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार र त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वाभाविक माग भएको बताउनुभयो । 

“गठबन्धनको बहुमत पुगेको छ । गठबन्धनको सरकार बन्छ । दलहरुबीच सल्लाह हुँदैछ ।” पौडेलले भन्नुभयो, “म प्रधानमन्त्रीको स्वभाविक उम्मेदवार हो । अहिले प्रधानमन्त्रीको उम्मेदवार मै हो ।” 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here